रेशम चौधरीलाई रिहा गर्ने सहमति, ठाकुर–महतोले रक्षा, गृह र अर्थ मन्त्रालय मागे



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ । ठाकुर–महतोले १० वटा मन्त्रालय मागेको चर्चा छ । ठाकुर–महतोले ८ मन्त्री र दुई राज्यमन्त्रीसहित १० मन्त्रालय तथा एउटा उप–प्रधानमन्त्रीमा दाबी गरेको जसपाका नेता राजीव झाले जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान अन्तर्वार्ताका क्रममा नेता झाले जसपालाई उप–प्रधानमन्त्रीसहित १० मन्त्रालय दिनुपर्ने बताए । ठाकुर–महताले रक्षा, गृह र अर्थ मन्त्रालय मागेको बताए । ‘हामीलाई गृह, रक्षा र अर्थ मन्त्रालय चाहिएको छ । अनिर्वाय रुपमा दिनुपर्छ’, उनले भने, ‘गृह मन्त्रालय हामीले छाड्दैनौँ ।’

संसदीय दलको नेता महतोले सरकारमा नेतृत्व गरेर जाने उनले बताए । महतोलाई उप–प्रधान र गृह मन्त्रालय दिने विषयमा जसपाभित्र सहमति भएको भन्दै प्रधानमन्त्रीलाई पनि सोही निर्णयको जानकारी गराएको बताएका छन् ।

शुक्रबारसम्म सर्वोच्च अदालतबाट रेशमलाल चौधरीको मुद्धा टुङ्ग्याएर रिहाइ गर्ने तयारी भइरहेको जसपाका नेता झाले बताए । उनले भने, ‘सर्वोच्च अदालतमा पेशी भइसकेको छ । रेशमलाल चौधरीलाई शुक्रबारसम्म छाड्ने तयारी भएको छ । सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...