प्रधानमन्त्री माग्दै देउवा सर्वोच्च अदालतमा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५० को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । विघटित प्रतिनिधि सभाका १४६ जना सांसदको हस्ताक्षरसहित नेताहरू सोमबार सर्वोच्च अदालत गएर रिट दिएका हुन् । रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गरिएको छ ।

यसअघि गत शुक्रवार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई निवेदन दिएको थियो । तर प्रधानमन्त्री नियुक्त गर्नाका लागि आवश्यक आधार दाबी अपुग भएको भन्दै राष्ट्रपतिले खारेज गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...