राजनीति

चितवन- २ बाट उम्मेदवारी दिँदै रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने निश्चित भएको छ । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् । रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् ।