शेखर- गगन समूह पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको शेखर-गगन समूहले मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुलाई पार्टीको ४० प्रतिशत सीट माग गर्दै बुधबार पार्टी केन्द्रीय कार्यालयमा एकघन्टा धर्ना दिने भएकाे छ । समूहको आज भएको बैठकले उक्त निर्णय गरेको शेखर-गगन समूहको दोस्रो तहका नेता मनोजमणि आचार्यले जानकारी दिएका हुन् ।

उनले पार्टीभित्र समान न्याय र अवसर प्राप्तिका लागि पार्टी सभापतिलाई दबाब दिने उद्देश्यले बुधबार एकघन्टा धर्ना दिन लागिएको बताए । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा आफ्नो समूहका नेता तथा कार्यकर्ताहरुलाई उपेक्षा गरिएको भन्दै उक्त सूची सच्याउनसमेत शेखर-गगन समूहले माग गर्दै आएको छ । त्यस्तै प्रत्यक्षतर्फ समेत पार्टीभित्र आफ्नो समूहले ४० प्रतिशत टिकट पाउनुपर्नेमा जोड दिँदै आएको छ ।

पार्टी नेतृत्वले आफूहरुको मागको सुनुवाइ नगरे मंसिर ४ गते हुने चुनाव बहिस्कार गर्नुपर्नेसम्म शेखर-गगन समूह अघि बढिसकेको छ । यसअघि समूहले शनिबार खबरदारी सभा गरेका थिए । सोही सभामा सहभागी नेताहरु सोमबारको बैठकमा उपस्थित भएका थिए । बैठकमा पार्टी केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रकाश स्नेही, अजयबाबु सिवाकोटीलगायतसमेत उपस्थित थिए । शेखर-गगन समूहले असोज १६ अगाडि नै कार्यदल बनाएर समानुपातिकको सूची सच्याउनुपर्ने सर्त सभापति देउवासमक्ष राखेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...