भागबण्डा नमिलेपछि गठबन्धनभित्र चर्को बिवाद



हाम्रो इकोनोमि

 

 

सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न थालेको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा हुँदै छ । समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा राजनीतिक दलले बुझाइसकेका छन् । तर, गठबन्धनभित्र रहेका दलबीच प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अझै लाग्न सकेको छैन । गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलाग्दै प्रमुख चार दलभित्र आन्तरिक झगडा बढ्दै गएको हो ।

कांग्रेस नेता शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित सिट बाँडफाँट गर्नुपर्ने र पार्टीभित्र आफ्नो समूहलाई टिकट वितरणमा भेदभाव गरेमा विद्रोह गर्ने चेतावनी दिएको छ । कांग्रेसले सय सिट पाउनैपर्ने र पार्टीभित्र सो सिटको बाँडफाँट न्योचित रूपमा हुनुपर्ने अडान कोइराला समूहको छ । शुक्रबार अनौपचारिक बैठक गरेका शेखर समूहका दोस्रो तहका नेताले शनिबार खबरदारी सभा गरेर सिट बाँडफाँट’ पार्टी नेतृत्वलाई चेतावनी मात्रै दिएनन्, न्यायोचित ढंगले टिकट वितरण नभए विद्रोह गर्ने खुला चुनौती पनि देउवालाई दिएका छन् ।

गत महिना शेखरले विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोट पुगेरै छलफल गरेका थिए । शेखरले पार्टीभित्र देउवाले आफ्नो समूहलाई पेल्न खोजेको गुनासो मात्र गरेनन् । आगामी निर्वाचनमा पार्टीबाटै विद्रोह हुने र एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने विषयमा समेत गम्भीर छलफल गरेका थिए । आउँदो निर्वाचनमा गठबन्धन दलबीच तालमेल गरेर अघि बढ्ने निष्कर्ष निकालेसँगै कांग्रेसभित्र शेखर समूह संशकित देखिएको थियो । संस्थापन र कोइराला समूहले निर्वाचन आयोगमा समेत समानुपातिक तर्फको बन्दसूची बुझाउँदा छुट्टाछुट्टै बुझाएका छन् ।

कोइराला समूहले पटकपटक आफ्नो समूहको बैठक गरेर देउवालाई घच्घच्याउँदै उनीहरूले पार्टीले लिने सिट र सभापतिले बाँड्ने टिकट’मा बारम्बार प्रश्न उठाउँदै आएका छन् । कांग्रेसभित्रको आन्तरिक कलहकै कारण शनिबार बोलाइएको गठबन्धनको बैठकसमेत अवरुद्ध बन्यो । उता देउवाले पार्टीभित्र विद्रोहको अवस्था रहेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतालाई आफ्नो बाध्यता बुझिदिन बारम्बार आग्रह गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...