नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन्
भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमार्डौं आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि क्वात्रा काठमाडौं आइपुगेका हुन्
सुर्खेतको वीरेन्द्रनगर बजारमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त भएको छ । आइतबार दिउँसो बा४ख ८०६१ नम्बरको