रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन



 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको जिकिर छ । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै लिङदेनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए । अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे ।अध्यक्ष लिङदेनले भने, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? रास्वपा  हावादारी हो, उसको कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ? देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु-नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् । अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ