चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भएको बताएका छन् । नेकपा एमाले चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार चितवन भएको बताएका हुन् । ‘चितवनले पटक पटक लोकतान्त्रिक परिवर्तनको अगुवाइ गर्‍यो । रवि लामिछानेले नयाँ खोज्ने अभियान चलाए । त्यसैको नेतृत्व गर्‍यो । नयाँ अभियानको नेतृत्वतर्फ लग्यो’, महासचिव पोखरेलले भने, ‘हामीले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटक पटक काम गर्ने मौका दिन पहलकदमी लियौं र काम गर्ने मौका दियौं । दुईदुई पटक हाम्रै कारणले गृहमन्त्री भए । त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ । उनले संगठित रुपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखाएर सहकारी आन्दोलनलाई बिथोल्ने काम पनि रवि लामिछानेले नै गरेको दाबी गरे । उनले थपे, ‘जसले सहकारीको मान्यता भत्काएर नयाँ विचलनको यात्रा सुरु भयो । सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षड्यन्त्र भयो । त्यो विचलनको आन्दोलनले आमसहकारी आन्दोलनलाई कमजोर बनाउने माध्यम गोर्खा मिडिया बन्यो । त्यतिमात्रै नभएर लामिछानेले महिलाहरुलाई सम्मान नगरेकाले चितवनका महिलाहरुलाई स्टन्टबाजीको पछि नलाग्नसमेत महासचिव पोखरेलले सुझाए । उनले नेपाली समाज सामाजिक सम्बन्धमा अडेको समाज भएको उल्लेख गर्दै रवि लामिछानेले कहिल्यै नारीप्रति सम्मान नगरेकोसमेत आरोप लगाए ।‘नारीप्रति अनास्था र अविश्वास प्रकट गर्दै हिँड्ने व्यक्तिलाई नेपाली समाजको नयाँ आन्दोलनका रुपमा बुझ्ने जुन प्रकारको प्रवृत्ति चितवनबाट अगाडि बढ्न खोज्यो, अब चितवनका जनताले समीक्षा गर्नुपर्दछ’, उनले भने, ‘भन्न सक्नुपर्दछ नेपाली परम्पराविरुद्धका अभियान नेपाली संस्कारलाई कमजोर बनाउने अभियान हो ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...