राष्ट्रपतिको बिषय पहिला नै टुंगिसक्यो : राजेन्द्र लिङदेन



हाम्रो इकोनोमि

 

 

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपतिको बिषयमा सत्तारुढ दलहरुबीच पहिला नै सहमति भइसकेकोले थप छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भएको छ । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उपप्रधान तथा उर्जामन्त्रीसमेत रहनुभएका राप्रपा अध्यक्ष लिङदेनले यस्तो बताउनु भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । बैठकमा सरकारका अहिलेसम्मका कामका बारेमा समीक्षा भएको राप्रपा अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।

बैठकमा संयन्त्रका संयोजक ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति रवि लामिछाने सहभागी हुनुहुन्छ । ’राष्ट्रपति चुनावका बारेमा छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि,’ राष्ट्रपति निर्वाचनका बारेमा पनि केही छलफल भयो भन्ने प्रश्नमा लिङ्देनले भन्नुभयो । पूर्वनिर्धारित कामका कारण आफू बैठकबाट निस्किएको जानकारी दिँदै उपप्रधानमन्त्री लिङ्देनले भन्नुभयो, ’अहिलेसम्म सरकारले गरेका कामका बारेमा समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’

सत्तारुढ गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको छ । नेकपा माओवादी केन्द्रले भने कांग्रेसले पनि सरकारलाई बिश्वासको मत दिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जनाएर कांग्रेससँगको सहकार्यमा जोड दिएपछि सत्ता गठबन्धनमा आशंका उब्जिएको छ । तर प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनकै उम्मेदवारलाई कांग्रेसले पनि सहयोग गर्ने कुराका लागि राष्ट्रिय सहमति भनेको बताउनु भएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ । लिङदेनका अनुसार पूर्वसहमति भइसकेको कारण आजको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न आवश्यक ठानिएन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...