माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह



हाम्रो इकोनोमि

 

 

 नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न भन्दै दुई बुँदे ज्ञापन बुझाएका छन् । जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले  माधव नेपाललाई केन्द्रीय कार्यालयमा भेटेर ज्ञापन पत्र दिएका हुन् । १०० बढी नेताको समर्थनमा पत्र दिइएको हो । पत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी अवैध रहेको जिकिर गरिएको छ । पदाधिकारी र पोलिटव्युरो निर्वाचन खारेज हुनुपर्नेलगायतको माग राखिएको छ । पार्टीको दशौँ महाधिवेशन र त्यसयताका विभिन्न घटनाक्रम र खासगरी पदाधिकारी र पोलिटव्युरो चुनावपछि पार्टीमा निराशा र विभाजनका गम्भीर खतराहरू देखिएको उनीहरूको ठहर छ । यस्तो हुनुको दोष तीन नेताहरूलाई दिइएको छ । महाधिवेशनको मञ्चबाटै सर्वसम्मतरूपमा निर्वाचित तीनजना नेता कमरेडहरू अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सबै प्रतिनिधिहरूका अगाडि गरेको बाचा उल्लङ्घन गर्नु रहेको छ ’ ज्ञापन पत्रमा लेखिएको छ  । एमालेमा रहँदा जस्तै आफू अनुकूलको नेतृत्व निर्माण गर्ने मनसाय लिएको समेत आरोप लगाइएको छ । महाधिवेशनले दिएको म्यान्डेट भन्दा बाहिर नेतृत्व गएको आरोप लगाइएको छ । ९० जनालाई महाधिवेशन हलले समर्थन गरेको अन्य बाँकी सदस्यहरूलाई १० दिनभित्र प्रस्तावित गर्न सहमति प्रदान गरेको उल्लेख गरिएको छ ।

‘प्रस्तावित सदस्यहरुलाई समर्थन गर्ने नगर्ने अधिकार महाधिवेशन प्रतिनिधिमा अन्तर्निहित हुन्छ भन्ने हेक्का नराखी जुन प्रकारले २९९ जनाको केन्द्रीय कमिटी बनाउने भन्दै हलको म्यान्डेट विपरीत ३२२ जनाको केन्द्रीय कमिटी बनाइयो र राम्रा अनि योग्य भन्दा पनि आफ्ना बनाउने कार्य भयो’, ज्ञापन पत्रमा लेखिएको छ ‘त्यसले तलको पङ्क्तिमा एक प्रकारको खैलाबैला मच्चाएको छ ।  भूगोलमा प्रभावकारी जनमत भएका नेता कार्यकर्ताहरूलाई हराएर अपमान गरेको उनीहरुले बताएका छन् । ‘महाधिवेशन हलले आषाढ मसान्तसम्म केन्द्रीय कमिटी टुङ्गो लगाउने म्यान्डेट दिएको थियो । भाद्र १४ गते आएर केन्द्रीय कमिटी घोषणा गरियो । यो म्यान्डेट कसले कसलाई दियो ?’ उनीहरुले प्रश्न गरेका छन् । ९३ जनालाई यो म्यान्डेट थियो भने मनोनीत कमिटीले कसरी निर्वाचित पदाधिकारी निर्माण गर्न सक्छ ? ’ भन्दै शीर्ष नेतृत्व महाधिवेशन मञ्चमा गरेको बाचा भन्दा बाहिर जाँदा यस्तो अवस्था आएको नेताहरूको जिकिर छ । सर्वसम्मत रूपमा पदाधिकारी चयन हुनुपर्ने सुझाव हुँदा हुँदै मनोनीत कमिटीमा चुनाव गराउने कार्यपछि असन्तुष्टि विस्फोट भएको उनीहरूले बताएका छन् । महाधिवेशनको सम्पूर्ण प्रक्रियामा विधि र प्रक्रियाको गम्भीर उल्लङ्घन भएको पनि ज्ञापनपत्रमा बताइएको छ । केन्द्रीय परिषद्को बैठकबाट र त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट समेत पारित विधानको भावनाविपरीत भएको उनीहरुले बताएका छन् । यसले गर्दा स्थानीय कार्यकर्ताहरूले पार्टी छोडिरहेको र योजनाबद्ध रुपमा पार्टी विभाजनको प्रयास भइरहेको उल्लेख छ । त्यसका लागि महाधिवेशनको म्यान्डेट विपरीत गरिएका सबै काम कारबाही खारेज गर्नु पर्ने र पार्टीभित्र उत्पन्न परिस्थितिबारे गम्भीर समीक्षा गरी पार्टीको विकास र विस्तार गर्न तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...