प्रधानमन्त्री ओलीमाथि अविश्वास नगर्न भन्दै योगेश भट्टराईले कांग्रेसलाई दिए यस्तो अर्ती
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रवादी अडान राख्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आलोचना गरिरहेका बेला सचिव भट्टराईको यस्तो भनाइ आएको हो।