सुन तस्कर गोरेलाई ईन्काउन्टर गर्ने योजना यसरी तुहियो,गोरेको जालमा कसरी फस्यो पुलिस?



हाम्रो इकोनोमि

३३ किलो सुन प्रकरणले यतिखेर नेपाल प्रहरीका केही व्यवसायीक प्रहरी अधिकृतको छवि धुमिलिन पुगेको छ । यो काण्डले गर्दा अन्य प्रहरी अधिकारी आर्थीकसँग जोडिएका मुद्दा मामिला र अपराध अनुसन्धान तिर ध्यान दिन छाडेका छन् ।

३३ किलो सुन प्रकरण तथा सुन तस्कर चुडामणी उप्रेती भन्ने गोरेको प्रहरी कनेक्सनले यतिखेर पूर्वडिआईजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी बिकासराज खनाल, डिएसपी संजय राउत, प्रजित केसी र सई बालकृष्ण सन्जेल मोरङ प्रहरीको हिरासतमा छन् । अर्का एसएसपी श्याम खत्री फरार छन् । सुन तस्कर चुडामणि उप्रेती गोरेसँग फोन सम्र्पक देखिएकै कारणले डिआईजी निरौला, एसएसपी श्याम खत्री, एसपी खनाल संजय राउत पनि अनुसन्धानको दायरामा तानिए ।

उता एसएसपी लोहनी, डिएसपी केसी र सई सन्जेललाई भने सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त गोरेलाई भगाएको र अनुसन्धानमा मनपरि गरेको समेत अभियोग लागेको छ । अपराध महाशाखाका सई सन्जेललाई गोरेले व्यक्ति हत्या गरी लासको व्यवस्थापन गर्दिन गरेको दुई करोड पैसा सहितको अनुरोध जब महाशाखा प्रमुख एसएसपी लोहनीको कानमा पुग्नासाथ लोहनीले तत्काल गोरेलाई पक्राउ गर्ने डिएसपी केसीको कमाण्डमा सई सन्जेल सहितको टोली मोरङ जान आदेश दिएका थिए ।

उनले उक्त कुरा तत्कालिन कामु आईजी बमबहादुर भण्डारीलाई घटनाबारे बताएर गोरे इन्काउन्टरको अनुमति मागेको खुलेको छ । गोरेले तिन जनाको अपहरण गरेका र ति मध्य एक जनाको हत्या गरिसकेको जानकारी कामु आईजी भण्डारीलाई गराउँदै दुई जनाको उद्दार गर्ने क्रममा दोहोरो भिडन्त भए प्रहरीले फाईरिङ खोल्नु पर्ला भन्दै अनुमती मागेका थिए ।

भण्डारीले दुई जना उद्दार हुनु प¥यो थप मद्दत चाहिए मलाई भन्नु, म मोरङ प्रहरीलाई भन्दिउँला भन्दै फोन राखेका थिए ।
एसएसपी लोहनी र कामु आईजी रहेका पूर्वएआईजी बमबहादुर भण्डारीको ६ मिनेट लामो अडियो सुन्दा अनुसन्धान ‘गुडफेथ’मा सुरु भएको देखिन्छ । तर मोरङ पुगेको डिएसपी केसीको कमाण्डले धरानमा भेटेको सनम शाक्यको लासलाई बिराटनगर किन लगियो ? जो अपहरण परेको थाहा हँुदाहुदै उनीहरूलाई नै सनम शाक्य हत्याको मुख्य अभियुक्त बनाएर मुद्दा किन चलाईयो ?

अपराध महाशाखाले सार्वजनिक गरेको सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त गोरे भन्ने थाहा हुँदाहुदै उनको नाम किन लुकाईयो यी प्रश्नले अनुसन्धान ‘गुडफेथ’मा नभएको पुष्टि गर्छ । गोरेले शाक्यलाई जाँहा कतै हत्या गरेको भए पनि प्रहरीले लास जाँहा बरमद गर्छ कानुनमा घटनास्थल त्यहि हुन्छ । तर घटनास्थल समेत परिवर्तन हुनुले अनुसन्धानमा खटिएका प्रहरीको नियतमा खोट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...