माधव नेपालसंग पार्टी एकताका कुरामा प्रचण्ड बाङ्गिए पछी नेपालले भने- ‘रात रहला जस्तो छ अग्राख पलाउने भयो



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया धरापमा परेको चर्चा भइरहेका बेला दुई दलका शीर्ष नेताहरूबीच मंगलवार छलफल भएको छ । पार्टी एकता प्रक्रियामा गतिरोध उत्पन्न भइरकेको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको कार्यालयमा भएको भेटवार्तामा पार्टी एकताको विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा एमाले एकलौटी अघि बढेको, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको विषयमा आफूहरूसँग परामर्श नै नगरिएको तथा आफ्नो पार्टीका विभागीय मन्त्रीलाई समेत बाइपास गरेर अरुण तेस्रोको शिलन्यास गरिएको भन्दै गुनासो गरेका थिए ।

प्रचण्डले पार्टी एकताका लागि माओवादी लचक बने पनि एमालेले आफूहरूलाई गलाउन खोजेको गुनासो समेत गरेको माओवादी स्रोतले बतायो ।

नेता नेपालले भने आशंका नगर्न आग्रह गरेका थिए ।
एमाले प्रचार विभाग प्रमुख विष्णु रिजालका अनुसार दुई नेताहरूबीच पार्टी एकता प्रक्रियालाई अगाडि बढाउने बिषयमा सहमति भएको छ । ‘एकताको विषयमा सकारात्मक छलफल भयो, पार्टी एकता संयोजन समितिको बैठक बोलाएर स्प्रिट अप गर्ने कुरा भयो,’ नेता नेपालको भनाइ उद्धृद गर्दै रिजालले भने ।

दुई दलले गत वैशाख ९ मै पार्टी एकता गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर रोकिएको थियो । पार्टी एकता समेत गर्ने भन्दै गत वर्षको असोजमा दुई दलले वामपन्थी गठबन्धन बनाएर चुनावमा गएका थिए । शीर्ष नेताहरूको व्यवस्थापन तथा केन्द्रीय समितिमा बराबरीको हैसियत पाउनुपर्ने माओवादीको दाबीका कारण एकता प्रक्रिया लम्बिएको छ ।

भारतीय प्रधामनन्त्री मोदी भ्रमणको समयमा भारतीय सेनालाई निम्तो दिइएको भन्दै माओवादीले संसदमै असन्तुष्टि पोखेको छ भने अरुण तेस्रोको शिलन्यासमा माओवादी विभागीय मन्त्रीलाई नबोलाइएको भन्दै माओवादी रुष्ट छ ।

यस्तै बजेट निर्माणमा पनि माओवादी मन्त्रीहरूलाई बाइपास गरिएको उनीहरूको गुनासो छ । सरकारमा देखिएको खटपटले पार्टी एकता प्रक्रिया पछाडि धकेल्दै लगेको माओवादी नेताहरू बताउँछन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा ट्वीटले पनि माओवादी आशंकालाई मलजल गरेको थियो ।

यता नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्रबीच छिटो एकता हुनुपर्नेमा जोड दिएका छन्। एमालेको भातृसंगठन युवा संघको २८औं स्थापना दिवसमा नेता नेपालले ‘रात रहे अग्राख पलाउने’ भन्दै छिटो एकता हुनुपर्नेमा जोड दिए।

उनले एकताका लागि नेतृत्व व्यवस्थापनको समस्या नभएको र सिद्धान्तमा पनि धेरै विषय टुङ्गिएकाले एकतामा अलमल गर्नु नहुने बताए। उनले दुई बाम दलको एकताले एउटा तरङ्ग पैदा हुने बताए।

नेता नेपालले युवालाई समाजको अभियन्ता हुन पनि सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...