माओवादीका तस्कर सांसदलाई पक्राउ गर्न अदालतले पुलिसलाई दियो यस्तो आदेश



हाम्रो इकोनोमि

वन कसुरको मुद्दामा माओवादी केन्द्रका प्रदेश सांसद कुन्द प्रसाद कुशवालाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पत्राचार गरेको छ।

कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी निर्वाचित सांसद हुन् । अवैध रुपमा चिरान काठको कारोबार मुद्दा उनीविरुद्ध दायर भएको थियो।

सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा २ सय ६५ थानको ४ सय ६९ क्यूफिट चिरान काठ बरामद भएको थियो।

पक्राउ परेका ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले बयानमा सो काठ टहरियास्थित न्यू एभरेष्ट स मिलका काठधनी कुन्दनप्रसाद कुशवाहको भएको बताएपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो।

जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी सांसद कुशवाहलाई सफाई दिएको थियो। पछि तत्कालिन पुनरावेदन अदालत हेटौंडाले कुशवाहलाई दोषी ठहर गरेको थियो। उनलाई एक वर्ष कैद सजाय भएको छ। त्यसविरुद्ध उनले सर्वाेच्चमा अपिल गरेका छन्। यही बेला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको हो।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...