माओवादीका तस्कर सांसदलाई पक्राउ गर्न अदालतले पुलिसलाई दियो यस्तो आदेश



हाम्रो इकोनोमि

वन कसुरको मुद्दामा माओवादी केन्द्रका प्रदेश सांसद कुन्द प्रसाद कुशवालाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पत्राचार गरेको छ।

कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी निर्वाचित सांसद हुन् । अवैध रुपमा चिरान काठको कारोबार मुद्दा उनीविरुद्ध दायर भएको थियो।

सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा २ सय ६५ थानको ४ सय ६९ क्यूफिट चिरान काठ बरामद भएको थियो।

पक्राउ परेका ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले बयानमा सो काठ टहरियास्थित न्यू एभरेष्ट स मिलका काठधनी कुन्दनप्रसाद कुशवाहको भएको बताएपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो।

जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी सांसद कुशवाहलाई सफाई दिएको थियो। पछि तत्कालिन पुनरावेदन अदालत हेटौंडाले कुशवाहलाई दोषी ठहर गरेको थियो। उनलाई एक वर्ष कैद सजाय भएको छ। त्यसविरुद्ध उनले सर्वाेच्चमा अपिल गरेका छन्। यही बेला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको हो।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...