मुख्य खबर

कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुङ्गा प्रहार

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् । दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधसम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो । उनको गाडीमा ढुङ्गासमेत हानिएको छ ।