राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतोको अध्यक्ष रहेको सो पार्टीलाई मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो । पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए । आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिन्ह प्रदान गरेको छ । काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहनेगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...