प्रेस चौतारी काठमाडौंद्धारा पशुपति परिषरमा सरसफाइ



हाम्रो इकोनोमि

 

 

प्रैस चौतारी काठमाडौं शाखाले स्थापना दिवसको अवसरमा पशुपति मन्दिर परिषरमा सरसफाइ कार्यक्रम गरेको छ । काठमाडौं प्रेस चौतारीले नेपाल प्रेस चौतारीको २६ औँ स्थापना दिवसको अवसरमा पशुपति मन्दिर परिषर सरसफाइ गरेको हो । नेकपा एमाले काठमाडौं महानगरपालिकाका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले प्रेस चौतारीले नेपालको क्रान्तिमा खेलेको भूमिका अद्वितीय रहेको बताए । उनले भने, ‘नेपालमा तीनवटा क्रान्ति भए । यसले समुन्नत नागरिक र मुलुक निर्माणका लागि आधार बनेको छ । यसकै आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति कार्यान्वयनमा छ । यद्यपि मुलुक र जनताका लागि गर्नुपर्ने का धेरै बाँकी छन् ।

मुलुक परिवर्तनका लागि राजनैतिक कर्मले मात्रै नपुग्ने बताउँदै उनले आर्थिक, सामाजिक, सांस्कृति रुपान्तरणमार्फत् जनताको अपेक्षअनुसार समाज निर्माण गर्न प्रेस स्वतन्त्रता दर्बिलो अंग भएको बताए । यस्तै, काठमाडौं प्रेस चौतारीका सचिव लक्ष्मण शर्माले आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा नेकपा एमाले काठमाडौं महानगरपालिकाका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयाल, जनप्रतिनिधि तथा काठमाडौं महानगरको उपसचिव सिर्जना भेटुवाल, काठमाडौं महानगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ७ का इन्चार्ज कृष्णमणि भट्टराई र पशुपति विकास कोषका पूर्वसञ्चालक सदस्य आशा पाण्डेलगायतको उपस्थिति थियो । यस्तै, प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २६औं आस्थापना आज दिवस देशभर मनाउँदै छ । अध्यक्ष गणेश बस्नेतका अनुसार २६औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...