थुनामुक्त भएपनि रवि लामिछानेलाई पुन: पक्राउ गरिहाल्ने तयारी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरेको छ । आजै बेलुकासम्ममा आदेश जारी हुने अदालत स्रोतले बतायो । देशकै कान्छा न्यायाधीश कहलिएका नितीज राईको इजलासमा थुनछेक बहस भएको हो । अदालतले रविलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश दिने छ । रविका समर्थकहरू उनी थुनामुक्त हुने प्रतीक्षामा छन् । आदेश आउने तयारीसँगै अदालत परिसरमा चहलपहल बढेको छ ।

रास्वपा नेता-कार्यकर्ताहरू अदालत भित्रबाहिर गरिरहेका छन् । रवि लामिछाने अदालतभित्रै छन् । उनलाई अदालतको थुनुवा विश्राम कक्षमा राखिएको छ । अहिले उनकी पत्नी निकिता पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरेर बसिरहेको स्रोतले बतायो । अदालत बाहिर प्रहरीले सुरक्षामा कडाइ गरेको छ । सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ गरिएका छन् ।यदि रविलाई छोड्ने आदेश अदालतले दियो भने पनि उनी थुनामुक्त भने हुने छैनन् । अन्य स्थानमा पनि मुद्दा चलेकाले पुन: पक्राउ गरिहाल्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...