थुनामुक्त भएपनि रवि लामिछानेलाई पुन: पक्राउ गरिहाल्ने तयारी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरेको छ । आजै बेलुकासम्ममा आदेश जारी हुने अदालत स्रोतले बतायो । देशकै कान्छा न्यायाधीश कहलिएका नितीज राईको इजलासमा थुनछेक बहस भएको हो । अदालतले रविलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश दिने छ । रविका समर्थकहरू उनी थुनामुक्त हुने प्रतीक्षामा छन् । आदेश आउने तयारीसँगै अदालत परिसरमा चहलपहल बढेको छ ।

रास्वपा नेता-कार्यकर्ताहरू अदालत भित्रबाहिर गरिरहेका छन् । रवि लामिछाने अदालतभित्रै छन् । उनलाई अदालतको थुनुवा विश्राम कक्षमा राखिएको छ । अहिले उनकी पत्नी निकिता पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरेर बसिरहेको स्रोतले बतायो । अदालत बाहिर प्रहरीले सुरक्षामा कडाइ गरेको छ । सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ गरिएका छन् ।यदि रविलाई छोड्ने आदेश अदालतले दियो भने पनि उनी थुनामुक्त भने हुने छैनन् । अन्य स्थानमा पनि मुद्दा चलेकाले पुन: पक्राउ गरिहाल्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...