नागर्जुनका मेयर बस्नेत निलम्बित, उपमेयर सुशीला अधिकारी कार्यवाहक



हाम्रो इकोनोमि

 

 

नागर्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा तरंग उत्पन्न भएको छ । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागर्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले बताए । अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले ५ दलीय गठबन्धनबाट मेयरसहित ५ वडाध्यक्ष जितेको थियो भने एक्लै लडेको एमालेले उपमेयरसहित ४ वडाध्यक्ष जितेको थियो । राप्रपाबाट निर्वाचित वडाध्यक्ष रिमाल भने नगरपालिकाको प्रवक्ता छन् । मेयर बस्नेतमाथि २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...