कोइला ताप्ने क्रममा निस्सासिएर सासू-बुहारीको मृत्यु



हाम्रो इकोनोमि

 

डडेल्धुराको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू-बुहारी हुन्। एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको खुलेको छ। बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...