एमालेसँग सहकार्य गर्नलाई साथीहरू गइसक्नुभयो : वामदेव



हाम्रो इकोनोमि

 

 

वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने एमालेको निर्णयबारे आफू अहिलेसम्म स्पष्ट नभए पनि ‘सहकार्य का निम्ति एउटा टीम खटाएको गौतमले बताएका छन् । गौतम संयोजकत्वको एकता अभियान र एमालेको एकता हुने चर्चाका बीच मङ्गलवार एमाले सचिवालय बैठकले ‘सहकार्य गर्दै जाने’ निर्णय गरेको थियो । उक्त निर्णयले एमाले सकारात्मक भएको बुझे पनि जिम्मेवारी व्यवस्थापन के हो भन्ने अन्यौलता कायमै राखेको संयोजक गौतमले बताए ।  उनले भने, ‘सहकार्य गर्नलाई आज बिहानै केही साथीहरू गइसक्नु भयो, उहाँहरूलाई टेबुल-कुर्सी तयार पारेर सहकार्य गर्न भनेको छु’ । सहकार्य’ अन्तर्गत जिम्मेवारी व्यवस्थापनसहितका अन्य विषयको निरूपण हुने अनुमान गरेका छन् । ‘नाचेर हुन्छ कि गाएर हुन्छ, सहकार्य गर्नुस् र निष्कर्षमा पुग्नुस् भनेको छु’ उनले भने ।‘तपाईँचाहिँ कहिले जाने ?  प्रश्नमा उनले भने, ‘पहिला सहकार्य गर्ने कुरा आयो, त्यसपछि एकता होला नि !

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...