एमालेसँग सहकार्य गर्नलाई साथीहरू गइसक्नुभयो : वामदेव



हाम्रो इकोनोमि

 

 

वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने एमालेको निर्णयबारे आफू अहिलेसम्म स्पष्ट नभए पनि ‘सहकार्य का निम्ति एउटा टीम खटाएको गौतमले बताएका छन् । गौतम संयोजकत्वको एकता अभियान र एमालेको एकता हुने चर्चाका बीच मङ्गलवार एमाले सचिवालय बैठकले ‘सहकार्य गर्दै जाने’ निर्णय गरेको थियो । उक्त निर्णयले एमाले सकारात्मक भएको बुझे पनि जिम्मेवारी व्यवस्थापन के हो भन्ने अन्यौलता कायमै राखेको संयोजक गौतमले बताए ।  उनले भने, ‘सहकार्य गर्नलाई आज बिहानै केही साथीहरू गइसक्नु भयो, उहाँहरूलाई टेबुल-कुर्सी तयार पारेर सहकार्य गर्न भनेको छु’ । सहकार्य’ अन्तर्गत जिम्मेवारी व्यवस्थापनसहितका अन्य विषयको निरूपण हुने अनुमान गरेका छन् । ‘नाचेर हुन्छ कि गाएर हुन्छ, सहकार्य गर्नुस् र निष्कर्षमा पुग्नुस् भनेको छु’ उनले भने ।‘तपाईँचाहिँ कहिले जाने ?  प्रश्नमा उनले भने, ‘पहिला सहकार्य गर्ने कुरा आयो, त्यसपछि एकता होला नि !

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...