मुख्य खबर

एनजिओ आइएनजिओको गयो दिन,जथाभावी युरो र डलर भित्र्याउन नदिने ओली सरकारको घोषणा

  सरकारले नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र गैरसरकारी संस्था (एनजिओ) माथि लगाम लगाउने भएको छ । दाताबाट विनाउद्देश्य रकम ल्याएर मुलुकमा सामाजिक सद्भाव भड्काउने काममा लागेको तथ्यको आधारमा अब एनजिओ र आइएनजिओमाथि लगाम लगाउने तयारी सरकारले गरेको हो ।