सत्तारुढ दलका सांसदको छोरा पक्राउ गर्न प्रहरी परिचालन



 

रौतहट जिल्लामा भएको डुंगा दुर्घटनाको मुख्य कारण समयमा पुल निर्माण नहुनु रहेको भन्दै पुल बनाउने जिम्मा लिएको ठेकदार कम्पनीमाथि उजुरी परेपछि पक्राउ गर्न प्रहरी परिचालन भएको छ ।

 

भदौ ८ गते गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा भएको डुंगा दुर्घट्नाको कारण समयमा पुल निर्माण नहुनु रहको भनी पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।

 

सुमित रौनियारका बाबु हरिनारायण प्रसाद रौनियार संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रसा जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा सांसद छन् । बाबुले नै छोरालाई जोगाउन थालेका छन् ।

 

सांसद हुनु अगाडि हरिनारायणले नै पप्पु कन्ट्रक्सन हेर्दै आएका थिए । सांसद भएपछि सबै जिम्मेवारी छोरा सुमित रौनियारलाई दिएका छन् । बाबु छोरा सगोलमा बस्छन् ।

 

जिल्ला प्रहरी कार्यालयले यसअघि रौनियारलाई सम्पर्कमा आउन गर्न पत्राचार गरेपनि अटेर गरेपछि अदालतको आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

 

रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले गौरको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनाका विषयमा केही कुरा बुझ्न भनी बोलाउँदा अटेर गरेकाले पक्राउ पुर्जी जारी गरिएको बताए ।

 

रोनियारलाई पक्राउ गर्न प्रहरी खटाइसकिएको छ । भदौ ८ गते लालवकैया नदीमा निमार्णधीन पुलको पिलरमा डुंगा ठोकिएर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।

 

डुंगामा भएका २४ जना पौडिएर बाँचेका थिए । डुंगा दुर्घनापछि सदरमुकाम गौरमा पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको माग गर्दै प्रदर्शन पनि भएको थियो ।

 

२०७१ साल असार २९ गतेबाट निर्माणको काम सुरु गर्ने ठेकेदारले सम्झौता गरेका थिए । घाटको पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय २०७४ असार २५ गते थियो । पुलको काम पप्पु कन्ट्रक्सनले करीब आधा मात्रै गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्