बढाएको भाडा फिर्ता गर्न सत्तारुढ विद्यार्थी संगठनको चेतावनी



हाम्रो इकोनोमि

 

सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध अनेरास्ववियूले सरकारलाई दवाव दिन सुरु गरेको छ ।

 

अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।

 

दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

 

अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको प्रर्दशनमा सहभागिहरुले दुई तिहाई बहुमतको सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

 

उनीहरुले सरकारलाई जनअपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराउदै यातायातमा बढाएको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...