इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला



हाम्रो इकोनोमि

 

 

 इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि मध्य इजरायललाई लक्षित गरेर थालिएको हमलामा परेर कम्तीमा डेढ सय जना घाइते भएको इजरायली सेनाको रेडियोले पुष्टि गरेको छ ।

यसक्रममा ठूला ठूला भवनहरू क्षतिग्रस्त भएका छन् भने इजरायली ऊर्जा केन्द्रहरूलाई लक्षित गरेर हमला तीब्र पारिएको छ । अमेरिका र इजरायल मिलेर इरानका ऊर्जा तथा तेल खानीहरूमाथि हमला गरेपछि तेहरान जवाफी कारबाहीमा उत्रिएको हो । अल जजीराका अनुसार तेहरानको आक्रमणबाट इजरायलमा ठूला ठूला विष्फोटका आवाज सुनिएका छन् ।

इजरायली सेनाले इरानको दोस्रो हमला जारी रहेको र मिसाइलहरू आकाशमा निष्क्रिय पार्ने प्रयास भइरहेको जनाएको छ । धेरै मानिसलाई अस्पताल भर्ना गरिएको समेत सेनाले जनाएको छ । यसैबीच इरानले यदि आफ्ना ऊर्जा र आणविक केन्द्रहरूमा आक्रमण गरिए अमेरिका र उसका समर्थक देशका ऊर्जा केन्द्रहरूमा जवाफी हमला गर्ने चेतावनी समेत दिएको छ । अमेरिका र इजरायलका ऊर्जा, पानी र सूचना प्रविधिसम्बन्धी केन्द्रहरूमा आक्रमण गर्ने इरानले जवाफ दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...