कुखुरा फार्मबाट मनग्य आम्दानी



कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनु भएकोछ ।

वैदेशिक रोजगारीबाट फर्केर उहाँले रु ३५ लाखको लगानीमा कुखुरा फार्म सञ्चालन गर्नुभएको छ ।

स्थानीय बासिन्दाको दुई बिगाहा १० कठ्ठा जग्गा भाडामा लिएर उहाँले सञ्चालन गर्नुभएको लेयर्स कुखुरा फार्ममा तीन हजार कुुखुरा रहेका छन् । ती कुखुराले दैनिक रु २८ हजार आठ सय मूल्य बराबरका दुई हजार पाँच सय २० वटा अण्डा उत्पादन हुने गरेका छन् ।

दैनिक १२ पेटी अण्डा उत्पादन हुने गरेका छन् । एक पेटीमा २१० अण्डा रहने गर्छन् । एक पेटी अण्डा रु दुई हजार चार सयमा बिक्री हुने गरेका छन् ।

मासिक रु सात लाखभन्दा बढीको अण्डा बिक्री हँुदै आएको छ, सञ्चालक खत्रीले भन्नुभयो — “कुखुराको औषधि, दाना र फार्म सञ्चालनका लागि बैंक तथा सहकारी संस्थाबाट लिएको ऋणको किस्ता, ब्याज र कामदारको तलबमा रु पाँच लाख ५० हजार खर्च हुन्छ ।”

सबै खर्च कटाएर मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी हुँदै आएको उहाँले बताउनुभयो ।

फार्मबाट उत्पादित अण्डा झलारी, कलुवापुर, वनसमिति, गुलरिया, वाणी, दैजीलगायतका स्थानीय बजारमा बिक्री हुँदै आएको खत्रीले बताउनुभयो ।

वैदेशिक रोजगार सकेर कतारबाट फर्केपछि उहाँले कुखुरा फार्म सञ्चालन गरेका हुन । वैदेशिक रोजगारीमा छँदा पाएको दुःख सम्झेर घरमै बसेर केही गर्नुपर्छ भन्ने अठोट लिई कुखुरा फार्म सञ्चालन गरेको उहाँले स्पष्ट पार्नुभयो ।

वैदेशिक रोजगारीमा छँदा मासिक रु ३० देखि ३५ हजार कमाउने गरेको थिए, खत्रीले भन्नुभयो, “कुखुरा फार्म सञ्चालन गरेपछि रु एक लाख ५० हजार स्वदेशमै परिवारसँगै बसेर कमाउँदै आएको छु ।”

निश्चय र अठोट लिई लगनशीलताका साथ कार्य गरे आम्दानी हात पार्न धेरै मिहेनत गर्नुनपुर्ने उहाँको बुझाइ छ । वैदेशिक रोजगारीमा जानु नराम्रो नभए पनि स्वदेशमै उत्पादनशील कार्य गरे बढी आम्दानी लिन सकिन्छ, खत्रीले भन्नुभयो ।

कुखुरा फार्मसँगै उहाँले बाख्रापालनको कार्यलाई समेत अगाडि बढाएका छन् । हाल उहाँको फार्ममा स्थानीय जातका ३० वटा बाख्रारहेका छन् ।

स्थानीय बाख्रामा कृत्रिम प्रजनन गराई उन्नत नश्लका बाख्रा बिक्री गर्ने उहाँको योजना छ । उहाँले बाख्रापालनका लागि रु तीन लाख लगानी गर्नुभएको छ ।
भाडमा लिएको त्यही जग्गामा उहाँले हरियो घाँस उत्पादन गर्ने कार्य समेत अगाडि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो

    बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरिएको छ ।

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

     प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

  माननीय कृषिमन्त्री श्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१