पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन



हाम्रो इकोनोमि

 

 

पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु पर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । देशका विभिन्न ठाउँबाट आएका किसानहरूले माइतिघर मण्डलमा प्रदर्शन गरेका छन् । किसानहरूले किसान र उपभोक्तालाई जोड्न माग गर्दै बिचौलियाको जालो तोड्नु पर्ने माग सरकारसँग गरेका छन् ।

उनीहरुले पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने, दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने, वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने । दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने मागसमेत राखेका छन् । किसानहरूले श्रमको सम्मान गर्नुपर्ने र लगानीको ग्यारेन्टी गर्न पनि माग गरेका छन् ।

अन्य प्रमुख मागहरू यस्ता छन्-

पारदर्शी मूल्य सूचना प्रणालीको व्यवस्था गरी दैनिक बजार मूल्य सहजै थाहा पाउने वातावरण बनाउनुपर्ने ।

रोग पहिचान र नियन्त्रणका लागि प्रत्येक क्षेत्रमा गुणस्तरीय प्रयोगशाला स्थापना गर्नुपर्ने ।

किसानलाई आधुनिक प्रविधि, प्राविधिक सेवा र विज्ञ परामर्श उपलब्ध गराउनुपर्ने ।

किसानका समस्या र सुझाव सुन्नका लागि छुट्टै प्रभावकारी आयोग वा संयन्त्र गठन गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...