कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् । राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताए ।

इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ । भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ । त्यसका लागि उनी साउन २८ गते स्वदेश फर्किदैछन् । यसअघि भेलाको संयोजन गरिरहेका डा. शशांकले भेलाप्रति डा. शेखरको पनि सहमति रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...