बिज्ञापन बोर्डले फेरि रोक्यो लोकल्याणकारी विज्ञापनको विल



हाम्रो इकोनोमि

 

 

बिज्ञापन बोर्डले २०८३ श्रावण महिनामा प्रकाशन गरेको लोकल्याणकारी विज्ञापन वापतको पत्रपत्रिकाको विल लिएको छैन । बिज्ञापन बोर्डको बोर्ड बैठकको निणर्य भन्दै विल लिन नमानेको हो ।

बोर्डले भनेको छ -छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि , २०८२ संशोधन प्रकृयामा रहेको र लोककल्याणकारी विज्ञापन प्रकाशन वा पत्रपत्रिकालाई भुक्तानी गरिने रकमको मासिक दर लगायतका बिषय परिमार्जन हुनसक्ने भएकोले संशोधित कार्यविधि स्वीकृत नभएसम्मका लागि हाललाई २०८३ श्रावण महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन गर्न ईच्छुक पत्रपत्रिकाले मात्र प्रकाशित गर्ने साथै प्रकाशित गरेका पत्रपत्रिकाले विल बीजक जारी नगर्ने र सम्बन्धित बोर्ड, हुलाक निर्देशनालय,जिल्ला हुलाक कार्यालयहरुले उक्त महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशित गरेका पत्रपत्रिका तथा विल बीजक हाललाई नबुझ्ने भनि यो सुचना जारी गरेको छ ।

बोर्डको कुन मितिकोे निणर्य भन्ने उत्त सुचनामा जनाएको छैन । हाम्रो इकोनोमी डट कमले बिज्ञापन बोर्डको सूचना अधिकारीसँग कुरा गर्दा यो बिज्ञापन बोर्डको निणर्य हो चित्त नबुझे माथी कुरा गर्न जवाफ आएको थियो । हाल बिज्ञापन बोर्डमा संञ्चार मन्त्रालयका सह-सचिव उदय बहादुर रानामगर अध्यक्ष छन भने सदस्यहरुमा ऋषिराम तिवरी,बुद्ध बहादुर गुरुङ र देवी पाण्डे (खत्री) रहेका छन । बोर्डल २०८३ भदौ महिनाको लागी पनि यस्तै सूचना जारी गरेको ।

बोर्डको सुचना

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...