बिज्ञापन बोर्डले फेरि रोक्यो लोकल्याणकारी विज्ञापनको विल



हाम्रो इकोनोमि

 

 

बिज्ञापन बोर्डले २०८३ श्रावण महिनामा प्रकाशन गरेको लोकल्याणकारी विज्ञापन वापतको पत्रपत्रिकाको विल लिएको छैन । बिज्ञापन बोर्डको बोर्ड बैठकको निणर्य भन्दै विल लिन नमानेको हो ।

बोर्डले भनेको छ -छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि , २०८२ संशोधन प्रकृयामा रहेको र लोककल्याणकारी विज्ञापन प्रकाशन वा पत्रपत्रिकालाई भुक्तानी गरिने रकमको मासिक दर लगायतका बिषय परिमार्जन हुनसक्ने भएकोले संशोधित कार्यविधि स्वीकृत नभएसम्मका लागि हाललाई २०८३ श्रावण महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन गर्न ईच्छुक पत्रपत्रिकाले मात्र प्रकाशित गर्ने साथै प्रकाशित गरेका पत्रपत्रिकाले विल बीजक जारी नगर्ने र सम्बन्धित बोर्ड, हुलाक निर्देशनालय,जिल्ला हुलाक कार्यालयहरुले उक्त महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशित गरेका पत्रपत्रिका तथा विल बीजक हाललाई नबुझ्ने भनि यो सुचना जारी गरेको छ ।

बोर्डको कुन मितिकोे निणर्य भन्ने उत्त सुचनामा जनाएको छैन । हाम्रो इकोनोमी डट कमले बिज्ञापन बोर्डको सूचना अधिकारीसँग कुरा गर्दा यो बिज्ञापन बोर्डको निणर्य हो चित्त नबुझे माथी कुरा गर्न जवाफ आएको थियो । हाल बिज्ञापन बोर्डमा संञ्चार मन्त्रालयका सह-सचिव उदय बहादुर रानामगर अध्यक्ष छन भने सदस्यहरुमा ऋषिराम तिवरी,बुद्ध बहादुर गुरुङ र देवी पाण्डे (खत्री) रहेका छन । बोर्डल २०८३ भदौ महिनाको लागी पनि यस्तै सूचना जारी गरेको ।

बोर्डको सुचना

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...