ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासभित्रै बेहोस भएर ढलेका छन् । उनलाई राति नै अस्पताल पुर्‍याइएको थियो । ओलीले प्रदेशका सांसदहरूलाई नयाँ सरकार गठनका विषयमा छलफलका लागि गुण्डु बोलाएका थिए । सचिव महेश बस्नेत पनि सहभागी वैठक बेलुकी ७ बजेदेखि झण्डै १ बजेसम्म चलेको थियो । बैठक तनावपूर्ण रहेको स्रोतले बताएको छ ।

बोल्दाबोल्दै अचेत भएका थपलियालाई सांसदहरू केशव पोखरेल, दावा दोर्जे लामा लगायतले मध्यपुर ठिमी अस्पताल ल्याएका थिए । यसपछि पनि गुन्डुको छलफल चलिरह्यो ।

स्रोतका अनुसार यत्रो दिन बितिसक्दासम्म सरकार बनाउन नसकेको, प्रदेशमा प्रभावकारी भूमिका नखेलेको जस्ता आरोप सांसदहरुले थपलियामाथि लगाए । ओलीले पनि उनलाई दपेटेका थिए । यही क्रममा तनाव बढ्दै जाँदा थपलिया ढलेर बेहोस भएको वैठकमा सहभागीले बताएका छन् । एक सांसदका अनुसार थपलिया ढलेपछि पनि ओलीले रुखो व्यवहार देखाएका थिए ।

आफ्नै पार्टीमा छलफल गर्न नसक्नेले सरकार चलाउन के सक्लान्’ भन्दै उनले छिटो उठाएर लैजान निर्देशन दिएको ती सांसदको भनाइ छ । जेएनलाई त्यहाँ पानी छम्किएर होसमा ल्याइएको थियो । त्यसपछि राति नै मध्यपुर थिमी अस्पताल भर्ना गरियो । उनको सुगर लेभल र प्रेसर बढेको पाइएको र अस्पतालले केही औषधि चलाएर डिस्चार्ज गरेको बताइएको छ । ‘वैठकमा अध्यक्षज्यूले अपमानजनक ढंगले बोल्न थाल्नुभयो । जेएन कमरेडले केहीबेर प्रतिवाद गरेपछि अचानक ढल्नुभयो’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...