च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल उद्धार गरिएको छ भने भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाको अवस्था अझै अज्ञात छ । रणसिंह दल गणका क्याप्टेन सुमन केसीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले सोमबार बिहान निकुञ्जभित्रको लल्लेरी क्षेत्रबाट बेलडाँडीका तीन जना महिलाको सकुशल उद्धार गरेको थियो ।

आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका भीमदत्त नगरपालिका १९ बागफाँटाका १४ जना महिला भने अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन महिलाहरू ५ र ९ जनाको दुई समूहमा विभाजित भएर आइतबार बिहान करिब ११ बजे निकुञ्जमा प्रवेश गरेका थिए । साँझसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउत स्वयं खोजी अभियानमा खटिएका छन् ।

प्रहरीका अनुसार महिलाहरू च्याउ खोज्ने क्रममा निकुञ्जको भित्री क्षेत्रमा पुगेर बाटो बिराएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले निकुञ्जभित्र सम्पर्कबिहीन भएकाहरूको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...