रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार अहिलेसम्म ३२ प्रहरी सम्पर्कविहीन भएका छन् । केही सम्पर्कमा आएका छन् । केही आउने क्रममै होलान्, अहिलेसम्म ३२ जना सम्पर्कविहीन छन्’ प्रवक्ता काफ्लेले  भने ।

उनका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा क्षति भएको छ । त्यसैगरी सशस्त्र प्रहरीका पनि ९ जना सम्पर्कविहीन भएका छन् । बीओपी टिमुरेमा कार्यरत ९ जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...