९६ प्रतिशत सकियो धान रोपाइँ



हाम्रो इकोनोमि

 

 

देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । कृषि विभागको तथ्यांकअनुसार साउन २२ गतेसम्म देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको ९६.०६ प्रतिशत हो । गत वर्षको सोही अवधिमा भने देशभर ९१.३१ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो । त्यसबेला १३ लाख ७८ हजार ९६७ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब १२ लाख ५७ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ । यो प्रदेशमा १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमा पूर्ण रूपमा रोपाइँ सकिएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा ९७.३७ प्रतिशत, कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत, मधेश प्रदेशमा ९४.६५ प्रतिशत तथा कोशी प्रदेशमा ९३.६९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । समयमै मनसुन सक्रिय हुनु, पर्याप्त वर्षा हुनु तथा किसानले रोपाइँका लागि अनुकूल वातावरण पाएकाले यस वर्ष धान रोपाइँको प्रगति उत्साहजनक देखिएको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल कृषि उत्पादन र खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले रोपाइँको प्रगतिलाई कृषि क्षेत्रको महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ । यस वर्ष रोपाइँको गति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...