स्वास्थ्य

कोइला ताप्ने क्रममा निस्सासिएर सासू-बुहारीको मृत्यु

  डडेल्धुराको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू-बुहारी हुन्। एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।