नेपाली चिकित्सकको टीमलाई एमाले अध्यक्ष ओलीको बधाई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टीमलाई बधाई दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएकोमा अध्यक्ष ओलीले बधाई दिनुभएको हो । आठ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनु पर्ने बाध्यता थियो, कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा. रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।

प्राध्यापक डा. भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । नुवाकोटका ४१ वर्षीय बिरामीलाई ४० वर्षीय बिरामीकी श्रीमतीले दिनुभएको कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपित बिरामीको श्रीमान् श्रीमती दुवै आज डिस्चार्ज हुनुभएको छ । ती पुरुषमा गत पुस २७ गते कलेजो प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सफल भएर बिरामी डिस्चार्ज भएपछि अस्पतालले सो कुरा सार्वजनिक गरेको हो । ‘डा. भण्डारी र उहाँको टिमलाई यस सफलताको लागि बधाई’, ओलीले लेख्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...