एमालेले जनतामा आशा जगाउने काम गरेको छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पाटी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गर्नुभयो ।उहाँले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको बताउनुभयो । नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उहाँले कार्यकर्ताका मन जोड्दै कम्युनिष्ट आन्दोलन बलियो बनाउनतर्फ एमाले अग्रसर भएको उल्लेख गर्नुभयो । पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिष्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...