एमालेले जनतामा आशा जगाउने काम गरेको छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पाटी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गर्नुभयो ।उहाँले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको बताउनुभयो । नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उहाँले कार्यकर्ताका मन जोड्दै कम्युनिष्ट आन्दोलन बलियो बनाउनतर्फ एमाले अग्रसर भएको उल्लेख गर्नुभयो । पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिष्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...