आमेरीकामा एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड



हाम्रो इकोनोमि

 

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ ।

५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।

विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएकाे यो पहिलो घटना भएको बीबीसीले जनाएको छ । सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए ।

अन्तिम मिनेटको अपिलमा हारेपछि उनलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो । स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै अमेरिकी सर्वोच्च अदालत र पुनरावेदन अदालतमा अपिल गरे पनि अदालतले ती अपिलहरु अस्वीकार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...