समाचार

कृषिमन्त्रीले नापीका भ्रष्ट कर्मचारीको यस्तो बनाए सूची,तीन पुस्ते उतारेर डण्डा बर्साउने

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नापी कार्यालयमा सुधारको प्रयास गरिएको दाबी गरेका छन्। भूमि नीति तर्जुमाका लागि सरोकारवालासँग काठमाडौंमा भएको परामर्श गोष्ठीमा बोल्दै मन्त्री खनालले मालपोत र नापी कार्यालयमा बिचौलियासँग घाँटी जोड्ने भ्रष्ट कर्मचारीको गोप्य सूची तयार गरिरहेको बताए।