पैसा कमाउन विदेश भासिएका पाँचौ सय नेपाली जेलमा,कुन देशको जेलमा कति नेपाली?



हाम्रो इकोनोमि

नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकमा ५ सयभन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन्। मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा पुगेका नेपाली जेल परेका हुन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार तीमध्ये ९७ जना महिला छन्।

विदेशका कुन जेलमा कति नेपाली छन् भन्ने विवरण भने सरकारले संकलन गर्न  सकेको छैन। विभिन्न संघसस्थाले भने १ हजार २ सयभन्दा बढी नेपाली कामदार विदेशको जेलमा परेको बताउँदै आएका छन् ।

रोजगारीमा गएका कतिपय कामदार सम्बन्धित देशको भाषासम्बन्धी ज्ञान नहुँदा जेल पर्ने गरेको बोर्डका निर्देशक धीरकुमार श्रेष्ठले बताए। ‘आफू जाने देशको विषयमा पूर्ण जानकार नहुँदा त्यहाँ पुगेपछि कतिपय नेपाली समस्यामा पर्ने गरेका छन्,’ निर्देशक श्रेष्ठले भने, ‘भाषा र सूचनाको अभावमा पनि उनीलाई निकै समस्या छ।’

हत्या, बलात्कार, लागूऔषध कारोबार, झैझगडा, चोरी अभियोग, रोजगारदाता देशको कानुन उल्लंघन लगायत गम्भीर अभियोगमा नेपाली कामदार जेलजीवन बिताइरहेका छन्। तीमध्ये केहीलाई मृत्युदण्डको सजायसमेत सुनाइएको छ भने केही ब्लडमनी तिर्न नसकेर जेलमा छन्। कतिपय जेलमा परेका कामदारलाई जन्मकैदको सजाय पनि सुनाइएको छ।

कूटनीतिक नियोगको कमजोरी

पर्याप्त कानुनी परामर्श पाउन नसक्दा पनि नेपालीहरु जेलमा थुनिनुपरेको छ। विदेशमा रहेका नेपाली कूटनीतिक नियोगका कर्मचारीहरु नै सम्बन्धित देशको भाषा र कानुनका विषयमा पूर्ण जानकार छैनन्। त्यहाँका नियोगले समेत कुन कारणले कुन जेलमा नेपाली परे भनेर तथ्यांक संकलन गर्न सकेको छैन।

रोजगारीमा गएका कतिपय कामदार भने करार अवधि सकिएपछि पनि स्वदेश नफर्किँदा जेलमा पुग्ने गरेका छन्। मलेसिया, युएई र कतारमा धेरै करार अवधि सकिए पनि उतै बस्नेको संख्या निकै रहेको छ।

मलेसियामा ८० हजारभन्दा बढी रोजगारीमा गएका नेपाली अवैध ढंगले काम गरिरहेको सरकारी अनुमान छ। कतार र युएईमा पनि सोही हाराहारीमा अवैध ढंगले काम गर्दै बस्ने नेपालीको संख्या रहेको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...