पैसा कमाउन विदेश भासिएका पाँचौ सय नेपाली जेलमा,कुन देशको जेलमा कति नेपाली?



हाम्रो इकोनोमि

नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकमा ५ सयभन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन्। मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा पुगेका नेपाली जेल परेका हुन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार तीमध्ये ९७ जना महिला छन्।

विदेशका कुन जेलमा कति नेपाली छन् भन्ने विवरण भने सरकारले संकलन गर्न  सकेको छैन। विभिन्न संघसस्थाले भने १ हजार २ सयभन्दा बढी नेपाली कामदार विदेशको जेलमा परेको बताउँदै आएका छन् ।

रोजगारीमा गएका कतिपय कामदार सम्बन्धित देशको भाषासम्बन्धी ज्ञान नहुँदा जेल पर्ने गरेको बोर्डका निर्देशक धीरकुमार श्रेष्ठले बताए। ‘आफू जाने देशको विषयमा पूर्ण जानकार नहुँदा त्यहाँ पुगेपछि कतिपय नेपाली समस्यामा पर्ने गरेका छन्,’ निर्देशक श्रेष्ठले भने, ‘भाषा र सूचनाको अभावमा पनि उनीलाई निकै समस्या छ।’

हत्या, बलात्कार, लागूऔषध कारोबार, झैझगडा, चोरी अभियोग, रोजगारदाता देशको कानुन उल्लंघन लगायत गम्भीर अभियोगमा नेपाली कामदार जेलजीवन बिताइरहेका छन्। तीमध्ये केहीलाई मृत्युदण्डको सजायसमेत सुनाइएको छ भने केही ब्लडमनी तिर्न नसकेर जेलमा छन्। कतिपय जेलमा परेका कामदारलाई जन्मकैदको सजाय पनि सुनाइएको छ।

कूटनीतिक नियोगको कमजोरी

पर्याप्त कानुनी परामर्श पाउन नसक्दा पनि नेपालीहरु जेलमा थुनिनुपरेको छ। विदेशमा रहेका नेपाली कूटनीतिक नियोगका कर्मचारीहरु नै सम्बन्धित देशको भाषा र कानुनका विषयमा पूर्ण जानकार छैनन्। त्यहाँका नियोगले समेत कुन कारणले कुन जेलमा नेपाली परे भनेर तथ्यांक संकलन गर्न सकेको छैन।

रोजगारीमा गएका कतिपय कामदार भने करार अवधि सकिएपछि पनि स्वदेश नफर्किँदा जेलमा पुग्ने गरेका छन्। मलेसिया, युएई र कतारमा धेरै करार अवधि सकिए पनि उतै बस्नेको संख्या निकै रहेको छ।

मलेसियामा ८० हजारभन्दा बढी रोजगारीमा गएका नेपाली अवैध ढंगले काम गरिरहेको सरकारी अनुमान छ। कतार र युएईमा पनि सोही हाराहारीमा अवैध ढंगले काम गर्दै बस्ने नेपालीको संख्या रहेको छ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...