अख्तियारमा प्रहरीको दादागिरी मौलाए पछी आयोगमा प्रहरी कटौती



हाम्रो इकोनोमि

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रहरी संख्यामा कटौती हुने भएको छ । सर्वोच्च अदालतबाट आयोगको प्रमुख आयुक्तमा अयोग्य घोषित भएका लोकमान सिंह कार्कीको पालामा दरबन्दीभन्दा धेरै प्रहरीहरू काजमा राखी उनले अख्तियारलाई प्रहरीमय बनाएका थिए । निजामतीलाई भन्दा प्रहरीलाई बढी विश्वास गरी संख्या अत्यधिक बढाएपछि निजामती कर्मचारीहरू कार्कीसँग रुष्ट भएका थिए । त्यसपछि आयोगको प्रमुख बनेका दीप बस्न्यातले पनि कार्कीको निर्णयलाई निरन्तरता दिए । हालका निमित्त प्रमुख नवीन घिमिरेले प्रहरीको संख्यामा व्यापक कटौती गर्दैछन् ।

जसअनुरूप प्रहरी अधिकृत प्रमुख रहने आयोगका सम्पर्क कार्यालयहरू बर्दीवास, बुटवल, कोहलपुर र महेन्द्रनगरमा समेत अब प्रहरी प्रमुखलाई हटाएर निजामतीलाई नै कार्यालय प्रमुखको जिम्मेवारी दिने तयारी भइरहेको छ भने सम्पर्क कार्यालय, क्षेत्रीय कार्यालय र मुख्यालयमा समेत प्रहरी संख्यामा व्यापक कटौतीको तयारीमा निमित्त आयोग प्रमुख घिमिरे रहेका छन् । शतप्रतिशत अतिरित्त भत्ता पाइने भएपछि अख्तियारमा कार्यरत रहनका लागि प्रहरीहरूको तँछाडमछाडमात्रै हुँदैनथ्यो कि राजनीतिक सोर्सफोर्सका आधारमा अख्तियारमा खटिँदै आएका थिए । सरकारले आयोगमा कार्यरत कर्मचारीले पाउँदै आएको भत्तामा समेत कटौतीको तयारी गरिरहेको छ भने प्रहरीहरू धेरै फिर्ता हुने भएपछि त्यहीँ कार्यरत रहनसमेत केही प्रहरीहरू शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...