अविरल वर्षाका कारण घर भत्किँदा कैलालीमा श्रीमतीको मृत्यु, श्रीमान घाइते
धनगढी – अबिरल वर्षाका कारण कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार आइतबार राति १ बजे कच्ची घर भत्किँदा गोदावरी नगरपालिका–९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको