बिएण्डसी संचालक प्रसाईँ बिरुद्ध झापाका महिला सडकमा, भिडियो सहित



हाम्रो इकोनोमि

 

 

बिर्तामोडको विएण्डसी हस्पिटलमा नेपाल महिला संघ झापाले आइतबार कालो झण्डा गाडेका छ । एमबीबीएस पढ्न बंगलादेश जाने विद्यार्थीका बिषयमा हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिप्रति खेद जनाउदै महिलाले विरोध गरेका हुन् ।

 

प्रर्दशनमा उत्रिएका महिलाले हस्पिटलको प्रवेशद्वारामा कालो झण्डा गाडेर प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाली नारीको अस्मितामा आँच आउने गरी प्रसाईँले तथ्यहीन कुरा बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग समेत गरे ।

 

महिला संघले आइतबार नै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईँलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । प्रसाईँलाई कारबाही नभए कडा आन्दोलनमा जाने नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकालले बताइन् ।

 

प्रसाईँले हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्रा ९ वर्षसम्म बस्ने र त्यहाँ उनीको अस्मिता प्रोफेसरहरुले लुट्ने विवादस्पद अभिव्यक्ति दिएका थिए ।

 

सो भिडियो एक एक सार्वजनिक भएपछि महिलासंघ विरोधमा उत्रिएको हो ।  यस सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बिएण्डसी अस्पताल बिर्तामोडका निर्देश प्रसाईँलाई पक्राउ गर्ने सरकारलाई पत्र पठाउने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...