तरुण दलले जिल्ला प्रशासनलाई बुझायो तालाचाबी, ७७ जिल्लाकै प्रशासन कार्यालय घेराउ



हाम्रो इकोनोमि

 

नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयलाई तालाचाबी बुझाएको छ । ७७ जिल्लाकै प्रशासन कार्यालय घेराउ गरी सिक्री उपहार दिने कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारीलाई तालाचाबी बुझाएको हो ।

 

माइतीघरदेखि प्रशासन कार्यालय बबरमहलसम्म नारा, जुलुससहित तरुणदलका नेता कार्यकर्ताले कार्यालय भने घेराउ गरेनन् । प्रहरीले लगाउको निषेधाज्ञा नतोडेपछि घेराउ नगरी तालाचाबी बुझाए ।

काठमाडौं सहित दलले सबै जिल्ला प्रशासन घेराउ गरेको छ ।

गाउँलेले दुई झाँक्रीलाई कुटीकुटी मारे, घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ ।

झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो ।

गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...