आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को आपतकालीन बैठक बसेको छ । बैठकमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानको अवस्था र इजरायल–अमेरिकी आक्रमणबाट इरानमा भएको क्षतिको बारेमा देशहरूलाई जानकारी गराए ।
इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ ।