प्रवासी नेपाली मञ्च इजरायलको तिज शुभकामना आदानप्रदान



हाम्रो इकोनोमि

 

 

प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी इजरायल, महिला बिभाग द्वारा आयोजना गरिएको नारीहरुको महान पर्व हरितालिका तिज शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम २२ अगष्ट २०२५ शुक्रबार साँझ सुकाकार्मेली तेलअभिभ याफो पार्कमा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत श्री धन प्रसाद पण्डित ज्युको आतिथ्यतामा सब्य र भब्यताका साथ सम्पन्न भयो । साथै बिभागका प्रमुख क। गोमा उप्रेतीले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।

त्यसैगरी, प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि, श्रम तथा रोजगार प्रबर्द्धन बिभाग सदस्य आदारणिय क। गोबिन्द राजथला, मध्यपुर्ब महादेशिय कमिटी सदस्य क। नवराज ओली ,मञ्च अध्यक्ष क। रमेश जोशी , सल्लाहकार परिषदका अध्यक्ष क।गिता सुवेदी, कमिटीका पदाधिकारी बिभागका बिभागिया प्रमुख ,तथा सदस्य मञ्चमा आबद्ध सम्पुर्ण संगठित सदस्यहरु इजरायलमा क्रियाशिल संघसस्था , राजनीति, सामाजिक , धार्मिक , क्षेत्रीय , जातिय , साहित्य ,पत्रकार , समाजसेवी , बुद्धिजीवी ब्याक्तित्व, अध्यक्ष तथा प्रतिनिधि, शुभेच्छुक शुभचिन्तकहरूको भब्य उपस्थिति थियो ।

प्रवासमा रहेपनी हाम्रो धर्म ,सस्कृती, रितिरिवाज लाई जगेर्ना गर्दै प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायल,महिला बिभागले कार्यक्रम आयोजना गरेता पनि मञ्चमा आबद्ध दाजुभाईहरुले दिदीबहिनीहरुलाई दर खुवाएर मातृभुमी र माइतीको न्यास्रो , सम्झनालाई भुलाई दिनु भएकोमा दाजुभाईहरु प्रति विशेष हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस कार्यक्रम लाई सफल पार्न प्रत्यक्ष या अप्रत्यक्ष आर्थिक , नैतिक , भौतिक बिबिध भुमिका निर्बाहा गर्नु हुने कमरेडहरु प्रती हार्दिक सम्मान प्रकट गर्दछौं ।

यहाँहरुले गर्नु भएको सयोग देखाउनु भएको सद्भाव प्रवासी नेपाली मञ्च सिङ्गो राष्ट्रिय कमिटी,महिला बिभाग सदैब ऋणी छ । यस कार्यक्रम लाई सफल पार्न प्रत्यक्ष या अप्रत्यक्ष आर्थिक , नैतिक , भौतिक बिबिध भुमिका निर्बाहा गर्नु हुने कमरेडहरु प्रती हार्दिक सम्मान प्रकट गर्दछौं ्र हरितालिका तिज बिशेष सब्य र भब्यको साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै सम्पूर्ण सहभागी, अग्रज, सहयोगी तथा शुभचिन्तकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...