रोजगार

हाथीलेटमा सामूहिक गाईपालन

 महोत्तरीको बर्दिवास–८ हाथीलेट लटियानीटोलमा ओम नुङ्गेली मगर, वीरेन्द्र महतो, सत्यनारायण महतो, राजनारायण महतो र दिलबहादुर किङ्रिङ मगरले सामूहिक रुपमा गाईपालन गर्नुभएको छ । उक्त समूहले हालेस्टेन र जर्सी जातका २० वटा गाई, आठवटा बाच्छाबाच्छी तथा दुईवटा साँढेसमेत पालेको छ ।