घुस खुवाउनेको काम बन्दैन, घुस खानेको त के हुन्छ हुन्छ!भन्दै मात्रिका यादवले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आइन्दा मन्त्री तथा कर्मचारीहरुलाई घुस नखुवाउन उद्योगीहरुलाई चेतावनी दिएका छन्। उनले यसअघि प्रधानमन्त्रीहरु समेत शून्य सहनशीलताको नारा लगाउँदै दोब्बर भ्रष्टाचारमा लागेको आरोप लगाए।

‘यसभन्दा अगाडि मन्त्री बनेपछि असुली गर्ने, कर्मचारी असुलीमा सहभागी हुने र तस्करहरूले हाम्रा कर्मचारीलाई घुस ख्वाउने गर्थे। उद्योगीहरुले पनि हाम्रा कर्मचारीलाई घुस ख्वाउँथे।,’ मन्त्री यादवले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा भने, ‘अहिलेसम्म हामीले आफ्ना लागि मात्र काम गर्‍यौँ, अब यस्तो चल्दैन।’

उनले प्रधानमन्त्रीहरु पनि भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने अनि आफैँ भ्रष्टाचारमा लाग्ने गरेको आरोप समेत लगाउँदै मन्त्री, प्रधानमन्त्री र कर्मचारीहरुलाई पेश्की रकम नदिन उद्योगीहरुलाई आग्रह गरे। ‘प्रधानमन्त्रीहरु पनि भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने तर दोब्बर भ्रष्टाचार गरिदिने,’ उनले भने, ‘अब तपाईंहरुले पनि पेश्की दिन बन्द गरिदिनुहोला। गलत काम गर्न नलाग्नु होला। जसले घुस ख्वाउँछ, त्यसको काम हुँदैन। जसले घुस खान्छ, त्यसको त हालत के हुन्छ हुन्छ।’

‘अब हाम्रो कमान्डर प्रधानमन्त्री हुनुहुन्छ, उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्नुभएको छ। तपाईंहरु तयार हुने कि नहुने?’ मन्त्री यादवले उद्योगीहरुलाई सोधे। ‘हाम्रो कमान्डरले गडबड गर्नेको केही कुरा सुन्नुहुन्न। तपाईंको मन्त्रीले यसो गर्‍यो भनेर कमान्डरलाइ सुनाएर पनि हुँदैन। अब सिपाहीले अन द स्पट कारवाही गरेपछि मात्र प्रधानमन्त्रीलाई थाहा हुन्छ।’

हामी गडबड गर्नेलाई एकचोटि मिनाहा गरिदिन्छौँ, हिजो केके गर्नुभयो मिनाहा भयो। तर धेरै गलत काम गर्नुभएको छ, देशै डुबाउने काम गर्नुभएको छ भनेचाहिँ मिनाहा हुँदैन।’

उनले अब अर्थतन्त्रको आकार छाताजस्तो नभइ पिरामिडजस्तो बनाउनुपर्ने तर्क पनि गरे।

‘दुईचार जना अर्बपति, खर्बपछि भएर देश धनी हुँदैन। कति देशमा यस्ता अर्बपतिले हाम्रो देशको बजेट जतिको घर नै बनाएका छन्। तर त्यही देशमा भिखमङ्गाको ताँती हुन्छ। त्यो देश के धनी? हामी यस्ता धेरै देशभन्दा राम्रो छौं। अब छाताजस्तो होइन, पिरामिड जस्तो अर्थतन्त्रको विकास गर्नुपर्छ।’

उनले उद्योगी र कर्मचारीका एउटै विभागबाट चारवटा संगठन खादा लगाइदिन आउनाले मन्त्रीहरुलाई काममा बाधा परेको गुनासो पनि गरे। ‘हामीलाई भन्नुहुन्छ तपाईंहरु, अब म तपाईंहरुलाइ भन्छु यस्तो नगरिदिनुहोला,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...