प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । संसद सुरचारुका लागि सहमति खोज्न प्रचण्डले साँझ ६ बजे बोलाएको निकट स्रोतले बतायो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखिरहेको कांग्रेसले आज विपक्षी अन्य दलसँग संयुक्त छलफल गरेको थियो । विपक्षी मोर्चाको उक्त बैठकले संसदीय छानबिन समिति नै चाहिने निष्कर्ष निकालेको छ । राप्रपाले भने गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेको थियो । तर, त्यसमा केही निचोड निस्केन । विपक्षी दलहरू छलफलमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो । ११ बजेलाई बोलाइएको संसद बैठक विपक्षीको आग्रहपछि  स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई