सेञ्चुरी बैंकमा २ सय १४ जनालाई रोजगारीको अवसर



हाम्रो इकोनोमि

सेञ्चुरी बैंकले सहायक प्रवन्धक देखि सहायक प्रशिक्षार्थी सम्म गरेर २ सय १४ जना कर्मचारी मागेको छ। बैंकले केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका विभिन्न शाखाको लागि कर्मचारी माग गरेको हो।

बैंकले २ जना ब्रान्च म्यानेजर, १३ जना बरिष्ठ अधिकृत, २३ जना अधिकृत, ३६ जना सहायक अधिकृत, १८ जना सुपरभाइजर, २४ जना बरिष्ठ सहायक, ४ जना सहायक, ४ जना प्राविधिकतर्फको म्यानेजमेन्ट ट्रेनी, १५ जना म्यानेजमेन्ट ट्रेनी, ७५ जना सहायक प्रशिक्षार्थीको माग गरेको छ। बैंकले सहायक प्रवन्धकको लागि व्यवस्थापनमा स्नातकोत्तर गरेको तथा ७ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ।

बरिष्ठ अधिकृतको लागि स्नाकोत्तरमा म्यानेजमेन्ट आइटी गरि न्यूनतम ५ वर्षको अनुभव, अफिसरको लागि व्यवस्थापनमा स्नातकोत्तर गरी ३ वर्षको अनुभव, सहायक अफिसरको लागि स्नातक गरी ३ वर्षको अनुभव, सुपरभाइजरको लागि स्नातक गरी एक वर्षको अनुभव, सहायकको लागि स्नातक गरि एक वर्षको अनुभव, प्राविधिक तर्फको म्यानेजमेन्ट ट्रेनीको लागि आइटिमा इन्जिनियरिङ गरेको हुनुपर्ने बैंकले जनाएको छ। म्यानेजमेन्ट ट्रेनीको लागि व्यवस्थापनमा स्नताकोत्तर गरेको हुनुपर्नेछ।

बैंकका अनुसार सहायक ट्रेनीको लागि प्लस टु गरेको हुनुपर्नेछ। मेरो जव डटकमबाट फागुन १३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...