देउवा-माधवको गठबन्धनमा १३८ सीट पुर्‍यउने सहमती



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति बनेको छ । उत्त नयाँ गठबन्धनमा १३८ सीट पुर्‍यउने सहमती भएको छ । देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ । यो भनेको नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो । यसबाहेक चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरू समेत आफ्नो पक्षमा ल्याउन सकिने आँकलन कांग्रेसको छ । नेकपा एस आफूले प्रधानमन्त्री पाए नयाँ जुनसुकै गठबन्धनमा पनि सामेल हुने रणनीतिका साथ अघि बढेको छ । गठबन्धनमा असन्तुष्ट माधव नेपाललाई हातमा लिन सके जसपाको पनि समर्थन पाउने देउवाको विश्वास छ । यद्यपि, गठबन्धनको विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद छ । नाउपा अध्यक्ष नयाँ गठबन्धनको पक्षमा रहे पनि संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन् । स्रोतका अनुसार दुई नेताबीच वैकल्पिक गठबन्धन बनाउन जसपालाई फकाउँदै नागरिक उन्मुक्तिलाई सँगै लिएर बढ्नेबारे गृहकार्य सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...